|
छिमेकी मुलुक चीन,
भारतमा व्यापक प्रचलित यो कार्यक्रम नेपालको लागि
विल्कुलै नौलो कार्यक्रम हो जसलाई किलो सिस्टम पनि
भन्ने गरिन्छ। कृषकहरुलाई जोखिम नहुने यस
कार्यक्रम अन्तर्गत निश्चित प्रक्रिया पुगेका
कृषकहरुलाई आधुनिक आफ्नो स्वामित्वमा रहने गरि
कुखुरापालन गर्न दिई अवधि पुगेपछि तयारी कुखुरा
उठाई लानेगर्छ। यसका लागि कुखुराको चल्ला दानादेखि
सम्पूर्ण औषधी र उपचार सेवा कम्पनिको तर्फबाट
उपलब्ध हुनेछ। साथै नियमित प्राविधिक निरीक्षण पनि
हुन्छ। कृषकको खोरमा पालिने कुखुरालाई समयमा
दानापानी दिनुका साथै बाकिँ सबै व्यवस्थापन र
रेखदेखको जिम्मेवारी कृषकले लिनुपर्ने हुन्छ।
कृषकले आफ्नो खोरमा उचित व्यवस्थापन गरी कुखुरा
तयार गरिदिए वापत उठेको जिउँदो कुखुरा प्रतिकिलोको
दरले निश्चित रकम आधुनिकले कृषकलाई दिन्छ। बजारभाउ
संग कुनै सरोकार राख्दैन।
एक वर्ष अघि मात्र आधुनिकले सन्चालन गरेको यस
कार्यक्रमले धादिङको धार्के, काठमाडौं र भक्तपुरमा
गरि करिब ६५,००० क्षमताको कृषकहरु सहभागि भएबाट
यसको लोकप्रियताबारे सजिलै अनुमान लगाउन सकिन्छ। |