Less Risk More Profit

  Home  |  About Us  |  Services  |   Contact Us

 

यस कार्यक्रम अन्तर्गत

आधुनिकको जिम्मेवारी
कृषकको जिम्मेवारी
कस्ता कृषक सहभागी

कुखुरापालन गर्दा

आवश्यक पर्ने प्रमुख सामानहरु।

 

आवश्यक पूर्वाधार।

 

चल्ला हुल्ने तयारी

 

    चल्ला हुल्ने तयारी
 
 

 

 

 

 

ब्रुडिङ कोठा कसरी बनाउने ?

-
 

चल्लाई ह्याचरीबाट लगेर खोरमा हुल्ना साथ न्यानोमा राख्नु पर्ने हुँदा निम्न अनुसार गर्ने।


नयाँ खोरको हकमा

-


-
-
-
 

सबैभन्दा पहिला कति चल्ला आउने हो यकिन गरी १००० चल्ला बराबर २५० वर्ग फिटको दरले खोरभित्र बारेर झ्याल ढोका सबै प्वाल प्लाष्टिकले प्रकाश छिर्ने गरि वन्दिलो बनाउने।
भुई र भित्तामा ३ भाग चुन १ भाग व्लिचिङ घोली सेतो देखिने गरि पोतिदिने।
उक्त स्थानमा सोत्तर वा धानको भुस ४ इन्च जति विछ्याउने।
चल्ला आउने दिन भन्दा ३/४ दिन अघि खोरको Fumigation गर्ने। (२ भाग फर्मालिन र १ भाग पोटास मिसाई प्राविधिकको सल्लाहमा मात्र गर्ने)


पुनः प्राविधिकको निर्देशन अनुसार झ्याल खोली फेरि पहिला जस्तै वन्द गर्ने।

-

-

चल्ला आउने २ दिन अघि ४५० मिलि लिटर फर्मालिनमा ९ लिटर पानी मिसाइ खोर भित्र र वाहिर छर्कने।
भुकारी स्टोभ हिटर आदि सेट गर्ने।


यदि खोर पुरानो भएमा

-
-
-
-
-

माकुरोको जालो कसिंगर सबै हटाउने ।
गन स्टोभले भुइ भित्ता आदि पोल्ने।
माथि नयाँ खोरलाई जस्तै लिपपोत आदि सबै गर्ने।
दाना पानीका भडाहरु धोइ पखाली निर्मलीकरण गर्ने।
अन्तमा खोर तयारी रिपोर्ट आधुनिकलाई दिन लगाउने।


चल्ला हुल्न अघि गर्ने तयारी र चल्ला भित्राउने।

-
-
-
-

-

ब्रुडरको लागि भुकारी, स्टोभ सेट गरि बाल्ने धुँवा वाहिर पठाउने।
चल्लाको लागि दानापानीको भाडाहरुको व्यवस्था गर्ने।
कोठाको तापक्रम ३०-३२ डि.सेन्टिग्रेड पुर्याउने।
पानीलाई तातो बनाउने र पानीमा चिनी वा Electrolyte मिसाइ भाडामा राख्-ने।
चल्लालाई बाकसबाट निकालेर गन्दै चुच्चोले पानीमा चोप्दै छोड्ने।
नोटः माथि जे जस्तो भनिएता पनि विशेष परिस्थितिमा प्राविधिकले छुट्टै निर्देशन दिन सक्ने छ। सोको कार्यान्वयन गर्नु कृषकको दायित्व हुनेछ।


अरु सामान्य कुराहरु

-
-

-
-
-
-
-
-
-
-
-

छुट्टै जुत्ता वा चप्पल लगाई भित्र वाहिर गर्ने।
अरु कोही पस्दा पहिले फर्मालिन पानीमा खुट्टा चोप्ने र भिरकोन जिउमा स्प्रे गराई मात्र खोर भित्र छिराउने।
मरेको चल्लाहरु अलगै राखी प्राविधिकलाई देखाई टिमाएर मात्र नष्ट गर्ने।
खोर भित्र बाहिर सफा राख्-ने तथा प्राविधिकलाई दिएको निर्देशनहरु पुरा गर्ने।
केही समस्या देखा परे तत्काल आधुनिकमा खबर गर्ने।
दाना र औषधी जथाभावी लापरवाही नगर्ने।
कुखुराले दानापानी खाए नखाएको, कस्तो सुली हगेको नियालेर हेर्ने।
रिकर्ड कापीको जतन गर्ने, कापीमा लेखेको निर्देशनको पालन गर्ने।
प्रत्यक हप्ता वजन लिने वा लिन लगाउने।
प्राविधिकलाई सही सुचना दिइ रिकर्ड राख्-न लगाउने।
नजानेको नबुझेको कुराहरु सोधेर राम्ररी सिकेर गर्ने।


News:

   
.