Less Risk More Profit

  Home  |  About Us  |  Services  |   Contact Us

 

यस कार्यक्रम अन्तर्गत

आधुनिकको जिम्मेवारी
कृषकको जिम्मेवारी
कस्ता कृषक सहभागी

कुखुरापालन गर्दा

आवश्यक पर्ने प्रमुख सामानहरु।

 

आवश्यक पूर्वाधार।

 

चल्ला हुल्ने तयारी

    यस कार्यक्रम अन्तर्गत
 
 

 

 

 

 

यस कार्यक्रम अन्तर्गत आधुनिकले निम्न जिम्मेवारी निभाउने छ।

-
-
-
-
-

क्षमता अनुसारको चल्ला र दाना मोटर जाने बाटोसम्म पु-याइ दिने।
रोगहरुबाट बचाउ तथा रोग देखिएमा औषधीउपचारको उचित प्रबन्ध गर्ने।
बजारको लागि योग्य भएपछि कुखुरा आफ्नै ढुवानीमा उठाउने।
नियमित प्राविधिक अनुगमन र निर्देशन दिइरहने।
कुखुरापालन गरि दिए वापत जिउँदो कुखुराको प्रतिकिलोका दरले तोकिएको रकम कृषकलाई दिने।


यस कार्यक्रम अन्तर्गत कृषकले निम्न जिम्मेवारी निभाउनु पर्ने छ।

-
-
-

-

-

-

खोर, ठहरा, सोत्तर, वत्ती र स्वच्छ पानी आदिको उचित व्यवस्थापन गर्नुपर्ने।
पर्याप्त भाडाकुडा र उपकरण आदिको व्यवस्थापन गर्नुपर्ने।
कुखुरालाई समयमा दाना पानी दिई दाना खपत अनुसारको FCR मा कुखुरा उत्पादन गर्नुपर्ने र दानाको दुरुपयोग गरे हर्जाना तिर्नुपर्ने।
खोर वरिपरि आवश्यक मात्रामा सरसफाइ साथै जैविक सुरक्षा आदिको व्यवस्था गर्ने (सरसफाईः केमिकल फर्मालिन, पोटास, भिरकोन, चुन आदि)।
कम्पनीको अनुगमन प्रतिनिधिले मागेको जानकारी दिने साथै दिएको निर्देशन तोकेको समयमा कार्यान्वयन गर्ने।
दैनिक प्रगति रेकर्ड अपटुडेट राख्-नु पर्ने र कम्पनीको प्रतिनिधिलाई देखाई दस्तखत गराउने।


यस कार्यक्रम अन्तर्गत कस्ता कृषक सहभागी हुन पाउनेछ ?

-
-
-

-

-

-
-

कुखुरापालन र यसको व्यवस्थापन सम्बन्धी सामान्य अनुभव र ज्ञान भएको।
व्यवसायिक रुपमा यस पेशालाई अपनाउन चाहने।
आफ्नै स्वामित्वको खोर टहरा भएको वा कम्तिमा २ वर्षका लागि करार भएको।
कम्पनीको नीति निर्देशन पालन गर्ने।
मेहनती लगनशील र इमान्दार आचरण भएको।
सुरक्षणका लागि नगद वा अचल सम्पत्ति धितो वा जमानी जस्ता आवश्यक कागजात गरि दिनसक्ने।
कम्पनीको प्राविधिकको निर्देशनलाई समयमा कार्यान्वयन गर्ने।
कम्पनीले तोकेको अन्य मापदण्ड अनुसारको योग्य व्यक्ति।


News:

   
.